
कोरियामा आजदेखि सलनाल सुरु
सियोल – दक्षिण कोरियामा नयाँ वर्षको रुपमा मनाइने सलनाल पर्व आजदेखि सुरु भएको छ। कोरियाली पात्रो अनुसार नयाँ वर्षमा तीन दिन यो पर्व मनाइन्छ। नयाँ वर्षलाई स्वागत गर्न कोरियामा तीन दिन सार्वजनिक बिदा दिएको छ।
सलनालको अवसरमा कोरियास्थित नेपाली संघसंस्थाले नेपाली कलाकारको उपस्थितिमा विभिन्न कार्यक्रम सञ्चालन गर्दैछन्। यो पर्वमा नेपाली संस्कृति र पहिचान झल्कने भेषभूषा लगाउने, नाचगान गर्ने तथा शुभकामना आदानप्रदान गरिने कोरियामा रहेका नेपालीले बताएका छन्।
बिदा भएकाले कोरियामा रहेका नेपाली पनि आपसी भेटघाट यो पर्व मनाउँछन्। सलनाल कोरियाको दोस्रो ठूलो पर्व हो। यो पर्वमा प्रार्थना गर्दा पितृहरुको आत्माले शान्ति पाउने विश्वास छ। शुभकामना आदानप्रदान गर्दै कोरियनले तककुन (चामलको पिठोबाट बनाइएको परिकार) खाने प्रचलन छ। पर्वमा अग्रजबाट आशिर्वाद लिइन्छ।



कागजपत्र |
