

उपसभामुखमा इन्दिरा राना निर्वाचित हुँदा पदको शोभा बढ्छ : सोबिता गौतम

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोबिता गौतमले आफ्नो पार्टीका सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गरेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताए ।
उनले अघि भने, ‘माननीय इन्दिरा राना मगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उहाँको योग्यताको मात्र कदर भएको होइन, बरु सम्मानित उपसभामुख पद पनि शोभायमान हुनु हो ।
इन्दिरा संसद्मा नयाँ अनुहार भए पनि समाज रूपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको सांसद गौतमले बताए । सांसद रानामगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काग गरेको भन्दै गौतमले भने, ‘उहाँले समस्या औंल्याएर मात्र बस्नुभएन । समाधान खोज्न उहाँ सडकमा आउनुभयो ।’

