

पश्चिम नवलपरासीमा तिर्थयात्री बोकेको बस दुर्घटना, ४० जना घाइते

काठमाडौं – पश्चिम नवलपरासीमा भारतीय यात्रु चढेका बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । माघे औंशिको अवसरमा त्रिवेणीधाममा स्नान गरि फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ।
उक्त बसमा सवार ६१ जना मध्ये ४० जना जति घाइते भएको प्रहरी निरिक्षक मेघनाथ चापागाइँले बताए। धेरै घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई परासीको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको उनले जानकारी दिए।
बस सडक छेउको नालामा पल्टिएको थियो। भारत उत्तर प्रदेशको पिपिगञ्जबाट उनीहरु माघे औंघि मेलामा स्थान गर्न त्रिवेणी आएका थिए।

