


सिभिल मलमा आफ्नै जिउमा आगो लगाएर आत्महत्या गर्न खोज्ने युवकको उद्धार

काठमाडौं – काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।
अन्दाजी २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

