
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित
काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा नेकपा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका घिमिरे १६७ मतसहित निर्वाचित भएका हुन् । उनलाई सभामुखमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थन गरेका थिए ।
घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका सांसद इश्वरीदेवि न्यौपानेले उम्मेदवारी दिएकी थिइन् । उनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुखमा प्रस्ताव गरेका थिए । सभामुखका उम्मेदवार न्यौपानेलाई नेकपा एकिकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले समर्थन गरेका थिए ।



कागजपत्र |
