प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक ३ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रशासन बालुवाटार स्रोतले जानकारी दिएको छ ।

आजको बैठकमा मन्त्रीहरूको परिचय आदानप्रदानका साथै मन्त्रालयका नियमित प्रस्तावबारे छलफल र निर्णय हुनसक्ने जनाइएको छ ।

यो प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद् बिस्तारपछिको पहिलो बैठक हो ।

प्रतिक्रिया