सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक


काठमाडौं – संघीय संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

पुस ५ गते बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुँदैछ। त्यसका लागि निर्वाचन कार्यक्रम सचिवालयले मंगलबार सार्वजनिक गरेको हो।

जसअनुसार बुधबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको सूची बुधबारै अपरान्ह सवा ४ बजे प्रकाशन गर्ने सचिवालयको कार्यतालिका छ।

सत्ता गठबन्धनमा सभामुख एमालेले पाउने सहमति भएको छ । एमालेमा देवराज घिमिरे, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ र विद्या भट्टराई सभामुखका आकांक्षी छन् । नेपाली कांग्रेसले भने मंगलबार प्रधानमन्त्रीले आयोजना गरेको विश्वासको मत दिने दलहरुसँगको छलफलपछि उम्मेदवारी दिने नदिने निर्णय गर्ने बताउँदै आएको छ।

प्रतिक्रिया