

एमालेले टुंग्यायो मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय ?

काठमाडौँ – नेकपा एमालेहरूबाट मन्त्री बन्नेहरूको नामावली टुङ्गिएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
उच्च स्रोतका अनुसार, एमालेबाट डा- विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।
पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरूको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुङ्ग्याउने छन् ।
यसअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्रीले पनि मन्त्रालय पाउन सकेका छैनन् ।
यसअघि एमालेबाट राजेन्द्र राई, ज्वाला साह र दामोदर भण्डारी मन्त्री भएका छन् ।

