नवनियुक्त मन्त्रीहरुको सपथपछि सर्वदलीय बैठक बस्ने


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ ।

विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।  सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने शितलनिवासको तयारी छ । दिउँसो १ बजे सपथ खुवाइसकेपछि शीर्ष नेतृत्व सर्वदलीय बैठकमा सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया