

अस्पतालमा भेला भएका परिवारलाई धैर्य राख्न आग्रह, दोहोरो पुष्टि गरी आफन्तलाई शव दिइने

काठमाडौं – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेती खोंचमा दुर्घटनामा परेर मृत्यु भएकाहरुका परिवालरलाई धैर्य गरेर बस्न आग्रह गरेको छ।
हिजो भएको दुर्घटनामा खोंचबाट ६९ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा रहेको छ। शवहरुको पोष्टमर्टम भर्खरै सुरु भएको छ। अहिले प्रतिष्ठानमा मृतकका परिवारले शव बुझाउन धेरै समय लागेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।
प्रतिष्ठानका निर्देशन प्रा डा भरत बहादुर खत्रीले भने शव व्यवस्थापन कार्य भइरहेकोले मृतकका परिवार र आफन्तलाई धैयधारण गर्न अनुसार गरेका हुन्।
यस्तै, उनले पहिचान खुलेको र नखुलेको शजहरु छुट्टाछुट्टै राखे र पहिचान खुलेका शवहरुको पुष्टि गर्न प्रत्येक शवको दुई जनाको दरले पहिचान स्थलमा प्रवेश गर्न अनुमति दिने जनाएका छन्।
यस्तै, शवको क्रमसंख्या अनुसार पहिचान भएका शवहरुको परीक्षण गरिने र पुन: पुष्टि गरि परिवरलाई हस्तान्तरण गरिनेछ। चालक दलका सदस्य, विदेशी नागरिक तथा पहिचान खुल्न नसकेको शवहरुलाई भने पहिचना परीक्षणका लागि काठमाडौं पठाइने पनि उनले बताएका छन्।

