

एमालेकी अप्सरा चापागाईं बागमतीको उपसभामुख निर्वाचित

हेटौंडा – बागमती प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाई निर्वाचित भएकी छन् । सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईं ६१ मत पाएर निर्वाचित भएकी हुन् ।
११० सदस्यीय प्रदेशसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ३९ मत पर्यो भने ७ जना तटस्थ बसे । २ जना भने मतदानमा सहभागी भएनन् ।
उपसभामुखमा नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले पनि उम्मेदवारी दिएकी थिइन् । उनको पक्षमा ३ र विपक्षमा ६१ मत पर्यो भने ४४ जना तटस्थ बसे । उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो ।

