प्रधानमन्त्री प्रचण्ड र नेकपा बहुमतका अध्यक्ष बास्तोलाबीच भेट


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा बहुमत पार्टीका अध्यक्ष धर्मेन्द्र बास्तोलाबीच भेटवार्ता भएको छ। बन्दी कार्यकर्ता रिहाइको माग गर्दै बास्तोलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

भेटमा प्रचण्डले बन्दी कार्यकर्ता रिहाई गर्न प्रतिबद्ध रहेको बताएका थिए। थुनामा रहेका बन्दीलाई रिहा गर्ने विषय सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको बताएका थिए।

२०७७ फागुन २१ मा तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकार र नेकपाबीच कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमति भएको थियो।

प्रतिक्रिया