


शोकमा भोलि सार्वजनिक बिदा : विश्वविद्यालयका परीक्षा नरोकिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले लिने भोलिका परीक्षा नरोकिने भएको छ । सरकारले भोलि सार्वजनिक बिदा दिए पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गरिने भएको हो ।
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि शोकस्वरूप सोमबार सार्वजनिक बिदा दिइएको छ । भोलिदेखि सुरु हुने विभिन्न तहका परीक्षा सार्वजनिक बिदाका कारण नरोकिने त्रिभुवन विश्वविद्यालयका रजिष्टार डा. पेशल दाहालले जानकारी दिए ।
उनले सरकारले दिने आकस्मिक सार्वजनिक बिदामा विश्वविद्यालयका पूर्वनिर्धारित कार्यक्रमहरूले निरन्तरता नै पाउने गरेको बताए ।

