विमान दुर्घटना मृतक मध्ये पहिचान भएका शव भोलि परिवारलाई बुझाइने, बाँकी काठमाडौं लगिने


काठमाडौं – पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज पोखरामा नै राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले पहिचान भएकाहरूको शव भोलि नै परिवारलाई बुझाउने निर्णय पनि गरेको छ ।

पहिचान नभएका शवहरू डीएनए परीक्षणका लागि भोलि काठमाडौं पठाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिए । उनका अनुसार शवहरू पोखरा विज्ञान प्रतिष्ठान राखिनेछ ।

आज (आइतबार) बिहान १०स् ३३ बजे काठमाडौंबाट पोखराको लागि उडेको यती एयरको जहाज दुर्घटना हुँदा जहाजमा सवार ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । सविमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए । ३ जना अझै भेटिएको छैन । उनीहरुको खोजीका लागि नेपाली सेनाले गोताखोर परिचालन गरेको छ ।

प्रतिक्रिया