वीरअस्पालको हेमोडाइलासिस वार्ड इन्चार्जविरुद्ध अख्तियार जाँदै कर्मचारी


काठमाडौं – देशको ठूलो अस्पताल वीर अस्पतालको  हेमोडाईलासिस वार्डमा ठूलो अनियमितता भैरहेको भेटिएको छ ।

अस्पतालको अति संवेदनशील मानिएको उक्त वार्डकी इन्चार्जले विभिन्न बहाना बनाउँदै डाइलासिसका लागि आउने बिरामीहरुबाट कमिशन लिएर पालो मिलाउने गरेको जनाइएको छ । उक्त वार्ड सम्हालेकी सरिता रोकैयाले पालो मिलाउने, वार्डमा आएको केमिकल व्यापारीलाई बेच्ने, आवश्यक भन्दा बढी मात्रामा माग फारम भरि माग गरी अनियमितता गर्दै आएको जनाइएको छ ।

साथै उनले बिरामीले ओढ्ने ब्ल्यांकेट, बिरामीले ल्याएका औषधीका जर्किनलगायतका सामाग्रीहरुमा पनि अनियमितता गर्दै आएको जनाइएको छ । यस बारेमा प्रशासनमा अन्य कर्मचारीहरुले जानकारी गराएता पनि प्रशासनले कारबाहीका लागि थप कदम नचालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी दिने केही कर्मचारीहरुले तयारी गरेको जनाएका छन् ।

उनले डाईलाजेर, टियुविङका साथै नबिग्रिएको मेसिन पनि बिग्रिएको भन्दै नक्कली बिल बनाएर भ्रष्टाचार गरेको नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने । इन्चार्जका लागि आवश्यक योग्यता नभए पनि इन्चार्जको जिम्मेवारी लिएकी सरिताले मातहतका कर्मचारीले केही प्रश्न गरे उनीहरुलाई थर्काउने गरेको पनि एक कर्मचारीले गुनासो पोख्छिन् ।

प्रतिक्रिया