कक्षा १२ को नतिजा सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा


काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा आज बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको बताइएको छ । नतिजाको विस्तृत विवरण भने आउन बाँकी छ ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

यसवर्ष नियमिततर्फ ३ लाख १० हजार ३१६ परीक्षार्थी सहभागि थिए । ग्रेडवृद्धितर्फ ९१ हजार ९ सय छन् । आंशिक तर्फ ३१ हजार ५५ सहभागी छन् । जम्मा कुल ४ लाख ३३ हजार २७१ । एकजनाको परीक्षा रद्द गरिएको छ । यस्तै, ११ हजार ४९० परीक्षा स्थगित गरिएको छ । 

यसरी हेर्ने नतिजा 

नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको ww.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ । यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । NEB <Space> Symbol Number टाइप गरेर ३५१००१ मा म्यासेज गरेर पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया