

सुदूरपश्चिम सभामुखका लागि भण्डारी र रावलको उम्मेदवारी

धनगढी – सुदूरपश्चिम प्रदेशसभाका लागि सभामुखका लागि माओवादी केन्दका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।
नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ ।

