

कांग्रेसको निर्णय कुर्दै दुई घन्टा पछिलाई सर्यो संसद

काठमाडौं — प्रतिनिधि सभाको बैठक २ घन्टा पछाडि सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।
नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको स्रोतले दाबी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठकसमेत बस्न सकेको छैन । कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्नेछ ।
सोमबार कांग्रेस सभापति देउवासँग भेटेर प्रधानमन्त्री दाहालले विश्वासको मत दिनका लागि गरेको अनुरोधमा देउवा सकारात्मक देखिएपछि प्रचण्डले कांग्रेसले पनि मत दिन अपेक्षा गरेको स्रोतले जनाएको छ ।
आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।

