

टिआरपी बढाउन जहाँ समाचार वाचिकालाई टपलेस बनाइन्छ

एजेन्सी– अल्बानियाँकी समाचार वाचिका ग्रेटा होक्सा केही हेडलाइन पढ्छिन् । ‘स्तन’हरू सामान्य कपडाले ढाकेर उनले समाचार प्रस्तुत गरिरहेकी हुन्छिन् ।
२४ वर्षिया समाचार प्रस्तोता होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज ।
जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो । अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् ।
उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् । उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन् ।
एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन् । उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन्,‘यो ख्याल राख्छु कि म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’
अल्बानियाको यो स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता टपलेस भएरै आउने गर्छन् ।


