

सुन चाँदीको लगातार मूल्यवृद्धि, कति पुग्यो त प्रतितोला सुन ?

काठमाडौं — नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ।
आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ३३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

