

अर्थतन्त्रका समस्या समाधानका काम अगाडि बढेका छन्ः प्रधानमन्त्री

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा अर्थतन्त्रका सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन्।
बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकबीच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार बिहान राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियनमा लाग्न आग्रह गरेका छन्।
अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्बन्धी गरिएको उनले बताए। निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग हालै छलफल गरेको उनले बताए।
प्रधानमन्त्रीले मर्जरले ठूला परियोजनामा अब वित्तिय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन्।
युवालाई रोजगारी र उद्योगका क्षेत्रमा सहयोग गर्न उनको आग्रह छ।

