

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रचण्डले शपथ ग्रहण गरेपछि दुवै नेताबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो । यसअघि अध्यक्ष नेपालले आफूलाई सरकारलाई समर्थन गर्न औपचारिक आग्रह नगरिएको बताउने गरेका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ । पार्टीमा छलफल जारी नै रहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

