सुदूरपश्चिम कांग्रेस संसदीय दल नेतामा शाह सर्वसम्मत


धनगढी – सुदूरपश्चिम प्रदेशको कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए ।

दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको खड्काले बताए ।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

शाह महासमिति सदस्य समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका हुन् ।

निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउँदै उनलाई सर्वसम्मत घोषणा गरिने बताए ।

प्रतिक्रिया