बालेनको रिटमा आज सुनुवाई हुँदै, १८ औं नम्बरमा पालो


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले निर्वाचन आयोगविरुद्ध दिएको रिटको सुनुवाई पूर्ण इजलासमा आज हुने भएको छ ।

मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेकोमा आजका लागि सुनुवाई तोकिएको छ । आजको संवैधानिक इजलासमा कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन् ।

उनीहरुको इजलासमा आज सुनुवाई हुने उक्त मुद्दाको १८ औं नम्बरमा पालो परेको छ ।

निर्वाचन आयोगले मेयर शाह लगायतलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको विरुद्धमा बालेन सर्वोच्च गएका थिए ।

 

प्रतिक्रिया