

२२औँ आहा-रारा गोल्ड कप : सङ्कटा सेमिफाइनलमा प्रवेश

काठमाडौं – सङ्कटा क्लब पोखरामा जारी २२औँ आहा-रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा सङ्कटाले विभागीय टोलीको त्रिभुवन आर्मी क्लबलाई ३-१ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो । सङ्कटाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीलाई निराश बनायो । सङ्कटाको जितमा मेसौको ओलोमोउ, स्टेफन बिनोङ र सुरज जिउ ठकुरीले गोल गरे ।
आर्मीका नवयुग श्रेष्ठको सुरुवाती गोल सान्त्वना बन्यो । सेमिफाइनलमा सङ्कटाले अर्को विभागीय टोली एपीएफ क्लबको सामना गर्नेछ । सहारा क्लबद्वारा आयोजित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपियाँ पुरस्कार पाउनेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

