गृहमन्त्री लामिछानेले बोलाए ७७ वटै सिडिओ र सुरक्षाप्रमुखको बैठक


काठमाडौं — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । गृहमन्त्री लामिछानेले सोमबार बिहान ९ बजे भर्चुअल बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । बैठकमा देशभरका ७७ वटै जिल्लाका सिडिओका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दिपक बोहोराले जनाए । बैठकमा आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया