

जसपाले मधेसमा तत्काल संसदीय दलको नेता चयन नगर्ने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशमा तत्काल संसदीय दलको नेता चयन नगर्ने भएको छ ।
जसेपाको आज बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठले राजनीतिक समितिको बैठकपछि मात्र मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्नेछ । मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०–२१ गते मात्र संसदीय दलको नेता चयन हुने बताइएको हो ।
आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ । प्रदेश सभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन् । उनीहरू बैठकमा व्यस्त रहने भएका कारणले नेता चयन प्रक्रिया लम्बिने भएको छ ।

