
लोकतन्त्र र राष्ट्रियता माथिको संकटबाट पार पाउन मेलमिलाप नीति अपरिहार्यः डा. पराजुली
सिमरा — एकता र मेलमिलापको अभावमा लोकतन्त्र र राष्ट्रियता माथिको संकटलाई छिचोल्न नसकिने संविधान सभा सदस्य डा. शोभाकर पराजुलीले एक विज्ञप्ति जारी गरी बताएका छन् ।
वीपी कोइराला राट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ४७ औँ वर्षमा प्रवेश गरेको दिनको अवसर पारेर शनिवार एक विज्ञप्ति जारी गरी पराजुलीले जनताको भावना र त्यसको प्रतिनिधित्व गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।
नेपाली काँग्रेस संसदीय दलका पूर्व सचेतक एवं पार्टी केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिवसमेत रहेका डा. पराजुलीले जनताको भावना र त्यसको प्रतिनिधित्व संसद तथा संविधानले तोकेको संरचनामा काम गर्न समेत नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले पार्टीभित्र शुद्धीकरणको खाँचो भएको बताउँदै एकता र मेलमिलापकै कारण उपयुक्त निणर्य लिन सकिने पनि धारणा व्यक्त गर्दै मुख्य रुपमा ९ एजेन्डाहरु सार्वजनिक गरेका छन् ।





कागजपत्र |
