

जसपाको कार्यकारिणी समिति बैठक शनिबार

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएको छ ।
जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूची तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । चुनावी समीक्षा, विधान अधिवेशन, सङ्गठन तथा आगामी कार्यदिशालगायत अजेण्डामा बैठक केन्द्रित हुनेछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।

