झलनाथ खनाल र उपेन्द्र यादवबीच भेट


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ।

दुई नेताबीच खनाल निवास डल्लुमा भएको भेटमा पछिल्लो राजनीतिक उतार चढावका विषयमा छलफल भएको बताइएको छ ।

‘हामीले अहिलेको घटनाक्रमबारे छलफल गर्यौं। यादवजीले अहिलेको त्रिशंकु संसदबारे चिन्ता जनाउनुभयो,’ नेकपा एसका सम्मानित नेता खनालले भने । ‘वाम एकता गरेर अघि बढ्नुपर्ने यादवजीको सुझाव थियो। उहाँले सत्ताका लागि भन्दा पनि स्थायित्वको लागि सहकार्य हुनुपर्छ भन्नुभयो।’

अहिलेको सत्ता गठबन्धनबारे भने कुनै छलफल नभएको खनालले बताए।

प्रतिक्रिया