

तीन महिनामा सबैले कोराेना खोप लगाउँछन् : स्वास्थ्यमन्त्री

बुटवल – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप तीन महिनाभित्र सबै नागरिकलाई पुर्याउने दाबी गरेका छन् । शनिबार लूम्बिनी प्रादेशिक अस्पतालको अनुगमन गर्न बुटवल पुगेका स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी हुँदै तीन महिनाभित्र सबै नागरिकलाई पुर्याउने बताएका हुन् ।
मन्त्री त्रिपाठीले प्रादेशिक अस्पतालका डाक्टरहरूलाई कर्णाली प्रदेशले समेत कोरोना भाइरस विरुद्धको खोप लगाइसक्दा लूम्बिनी प्रादेशिक अस्पताल पछाडी पर्नुको कारणबारे जानकारी लिएका थिए । उनले भौगोलिक हिसाबले पनि सुलभ मानिने ठाउँमा ढिलाई हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
मन्त्री त्रिपाठीले सरकारले कोरोना भाइरस विरुद्धको खोप सबै जनतालाई पु¥याउने लक्ष्य लिएको तर जिल्ला अस्पतालहरुमा समेत यो समस्या देखा पर्नुमा व्यवस्थापनमा थप चुनौति बढेको बताए ।

