लमजुङमा जीप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते


बेंसीसहर – लमजुङको मर्स्याङदी गाउँपालिका-८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना हुँदा ४५ वर्षीया भीमकुमारी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप उकालोमा चढ्ने क्रममा ६ मिटर तल खसेको छ । जीपमा सवार ८ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर  रहेको छ ।  घाइतेको लमजुङ जिल्ला अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया