ओलीलाई संयोजक तोक्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठनबन्धनको निर्णय


काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलको संयोजकमा चयन भएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताए। ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्युनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ,’ उनले भने।

बैठकले आगामी पाँच दिन भित्र न्युनतम साझा कार्यक्रम ल्याउने समेत निर्णय गरेको छ ।

ओली नेतृत्वको समितिमा अन्य दलका सदस्य पनि सहभागी हुने लामिछानेले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ।

यसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन्।

प्रतिक्रिया