

स्पेनको काथेरेन्यो क्लब विजयी

पोखरा – पोखरामा भएको मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबार पोखरा रंगशालामा भएको स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३-० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।
काथेरेन्योको जितमा कार्मीलो, मिचेल र बेर्मुले एक एक गोलको योगदान दिएका थिए । काथेरेन्योले पहिलो हाफमा गण्डकी ११ माथि २-० को अग्रता कायम गरेको थियो । पहिलो हाप देखि खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । डिवक्स भित्रबाट उत्कृष्ट गोल गरी अग्रता दिलाएका कार्मीलो गोल भएको केही मिनेटमै स्पेनका पुर्व राष्ट्रिय खेलाडी भेट्रान मिचेल डिबक्स भित्र बाट सुन्दर गोल गर्दै गोल संख्या दोब्बर बनाएका थिए ।
गण्डकी ११ ले शुरुवात देखि नै रक्षात्मक खेल खेलेको थियो । दोस्रो हाफमा गण्डकी ११ ले केहि खेल सुधारिएको प्रस्तुतः गर्न खोजे पनि स्कोर भने निकाल्न सकेन । गण्डकीका जय गुरुङले प्रहार गरेका वल पोष्ट माथिबाट बाहिरएको थियो भने गण्डकीले खासै पोष्टचार्ज गर्ने अवसर पाउन सकेन। काथेरेन्यो क्लबका प्रशिक्षक जुलियो कोभोसले दुबै टिमले राम्रो खेलेको बताए । नेपालको खेल छरितो रहेको पनि उनले सुनाए। यस्तै मैत्रीपूर्ण खेलकालागि अवसर जुरे फेरि पनी नेपाल आउने उनले सुनाए।
गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले विदेशी व्यवसायीक फुटवल टिमसंग आफ्नै मैदानमा खेल्न पाउनु खुसिको कुरा भएको बताए । स्पेनजस्तो देशको खेलमा छोटो समयमा तयार पारेको गण्डकीले सन्तोसजनक खेल खेलेको उनले जनाए । गण्डकीका कप्तान अनिल गुरुङले शारीरिक तथा टेक्निकल रुपमा उनीहरु भन्दा आफुहरु कमजोर भएको बताए। स्पेनको बी डिभिजनको क्लवसंग आफुहरु खेल्दा युवा खेलाडीलाई प्रोत्साहन हुने नेपाली टिमका पूर्व कप्तान समेत रहेका गुरुङले बताए।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ समेत गण्डकी ११ को टिमबाट मैदानमा उत्र्रिएका थिए। नेपाली खेलाडीहरुले स्पेनका खेलाडीहरुलाई ढाका टोपी लगाएर स्वागत गरेका थिए । उक्त अवसरमा वक्सिङका पूर्व खेलाडी गणेश भट्टराईले स्पानिस फुटवल क्लवका उपाध्यक्ष रोचालाई मायाको चिनो हस्तान्तरण गरेका थिए।

