

काभ्रेको महाभारत उदाउनेमा बस दुर्घटना

काभ्रे – काभ्रेको महाभारत गाउँपालिका-७ उदाउमेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
बनेपाबाट महाभारत गाउँपालिका गोकुले जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस बाटोमै पल्टिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी देबीटार प्रमुख प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए ।
गम्भीर घाइते एक बालक र सबै घाइतेहरूको उपचार बनखु स्वास्थ चौकीमा भइरहेको अधिकारीले बताए ।

