

कांग्रेस बागमती प्रदेश संसदीय दल नेतामा लामा विजयी

हेटौंडा – कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् ।
नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् ।
बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए ।

