बागमती प्रदेशको संसदीय दलको नेताका लागि मतदान सुरु


हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन सुरु भएको छ ।

दिउँसो २ बजेबाट हुने भनिएको मतदान एक घण्टा ढिला गरी सवा ३ बाट सुरु भएको हो ।

निर्वाचनमा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर लामा प्रतिस्पर्धामा छन् ।

वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् । दलको नेतामा विजयी हुन १९ मत आवश्यक पर्दछ ।

प्रतिक्रिया