प्रचण्ड निवासबाट बाहिरिए ओली


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् ।

पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् ।

भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’

प्रतिक्रिया