

आज बालुवाटार सर्दै प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । उनी अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ ।
निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले निवास खाली नगराउँदा उनको शपथमा ढिलाइ हुँदै आएको थियो ।
देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उनी भाडाको घरमा बालुवाटारबाट सरेका हुन् ।

