सस्तो स्मार्टफोन सार्वजनिक गर्दै एप्पल, कति पर्ला त मुल्य ?


काठमाडौं – एप्पलले फाइभजी स्मार्टफोनको रुपमा आईफोन एसई प्लस कम्पनीको सस्तो स्मार्टफोन चाँडै सार्वजनिक गर्ने भएको छ ।

हाल प्राप्त जानकारी अनुसार कम्पनीले सस्तो फाइभजी फोन आउँदो अप्रिलमा सार्वजनिक गर्न लागेको हो।

जसको बजार मूल्य करिब ५८ हजार रुपैयाँको हाराहारीमा पर्नसक्ने आँकलन गरिएको छ । जानकारी अनुसार आईफोन एसई प्लसमा ६.१ इन्चको आईपीएस डिस्प्ले रहने छ ।

साथै फोनमा होम बटन उपलब्ध हुने छैन । फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा रहने छ । सेल्फीका लागि भने ७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया