बस र कन्टेनर आपसमा ठोक्किँदा १० जनाको मृत्यु


मुरादाबाद(भारत) – बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशमा पर्ने मुरादाबाद जिल्लामा बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हो । 

आगरा हाईवेस्थित कुन्दरकी थाना क्षेत्रमा नानपुर पुलनजिक शनिबार बिहान केन्टेनर र बस आपसमा ठोक्किएका हुन्। ओभरटेक गर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी  २० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार एक निजी बस कुन्दरबाट यात्रु लिएर मुरादाबाद जाँदै थियो। 

प्रतिक्रिया