
सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार
म्यानमार – म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ।
गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द (जेल) जीवन बिताउँदै आएकी छन्।
नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गरेको र सरकारी गोपनीयता सम्बन्धी ऐन उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गर्दै ‘२६ वर्ष’को जेल सजाय सुनाइएको छ।
‘दुवै पक्षले आज अदालतमा अन्तिम बहस गरेका छन्,’ सोमबार नाम नबताउने शर्तमा एक जना सरकारी अधिकारीले बताए।
आफू सञ्चारमाध्यमलाई रिपोर्टिङ् गर्न अख्तियारप्राप्त व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्ने शर्तमा उनले भने, ‘आगामी शुक्रबार ९३० डिसेम्बर० मा फैसला आउनेछ।’उनले सुकीको स्वास्थ्य राम्रो रहेको बताए।
अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मारको ‘कू’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्ता सरकारलाई आग्रह गरेको छ।



कागजपत्र |
