


इजरायली दूतावास नजिक बम विस्फोट

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै बम विस्फोट भएको छ। भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठका दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रवार साँझ बम विष्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटका कारण कुनै मानवीय क्षती भएको छैन । दूतावासको भवनमा कुनै क्षति नपुगे पनि पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेको दिल्ली प्रहरीले जनाएको छ ।
बम विष्फोट कसले र किन गरायो भन्ने खुलेको छैन । बम विष्फोट गराउनुको उद्देश्य र बम विष्फोट गराउनेको खोजी भइरहेको समाचारमा जनाइएको छ ।

