प्रधानमन्त्री प्रचण्डलाई देउवाकाे बधाई तथा शुभकामना


काठमाडाैं – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन् ।

आज साेमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गाेपनीयताकाे शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिएका हुन् । शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुगेका थिए । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छाेडेर गएका थिए ।

यही मङ्सिर ४ गते भएकाे चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएकाे थियाे तर सरकारकाे नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा माओवादीले एमालेसँग नयाँ समीकरण बनाएकाे छ । नयाँ समीकरणमा एमाले–माओवादीसहितका दलहरू छन् ।

प्रतिक्रिया