

प्रचण्डको जीउमा पहिलोपटक दौरा सुरुवाल !

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
उनी तेस्रोपटकको पालिमा प्रधानमन्त्री बन्दा दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।
उनले पहिलोपटक राष्ट्रिय पोशाकमा सपथ लिन लागेका हुन् ।
यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।

