

नेप्से परिसूचक ५६.८६ अंकले वृद्धि

काठमाडौं – सोमबार बिहानैदेखि उकालो लागेको नेप्से परिसूचकमा ५६.८६ अंकले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेर रोकिएको छ । आज ३.०५ प्रतिशतले बजार बढेको हो ।
साथै, २५० कम्पनीको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको र २ अर्ब ९ करोड ७० लाखभन्दा बढीको सेयर कारोबार भएको छ । नेपाल दुर सञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय डिस्टिलरी ११ करोडभन्दा बढीको कारोबार भएको छ ।
गुर्खाज फाइनान्स १० प्रतिशतले मूल्य वृद्धि भएको र धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज १३ वटा उपसुचकहरूमध्ये अन्य सुचकमा २.२९ प्रतिशतले ओरालो लागेका छ ।
बाँकी सबै उपसुचकहरूमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्सको ६.५२ प्रतिशत, हाइड्रो पावरको ५.१६ प्रतिशत, विकास बैंक र इन्भेष्टमेन्टको ४ प्रतिशत बढीले वृद्धि भएको छ । बैंकिङ, निर्जीवन बिमा र ट्रेडिङको ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बाँकी अन्य उपसुचकमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्सेले जनाएको छ ।

