एमालेबाट विष्णु पौडेलसहित ४ जना मन्त्री बन्दै


काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलसहित चार जना सरकारमा सहभागी हुने भएका छन् । उपाध्यक्ष पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका हुन् ।

पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् ।

प्रतिक्रिया