


प्रचण्ड नेतृत्वको सरकार बनाउने एकल प्रस्ताव दर्ता, प्रधानमन्त्री नियुक्तिको बाटाे खुल्यो

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।
नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्री बनाउन प्रचण्डको नाम प्रस्तावित भएको हो ।
प्रस्ताव पेस भएसँगै राष्ट्रपति विद्या भण्डारीलाई अब प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

