सरकारमा सहभागी हुने राप्रपा र रास्वपाको निर्णय


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अब एक घण्टा मात्र बाँकी छ । उक्त समयमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै नेताहरु राष्ट्रपति निवास शितल निवास जाने तयारी गरिरहेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

प्रतिक्रिया