गठबन्धन बैठकबाट बहिरिएका माधव नेपालले बोलाए पदाधिकारी बैठक


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट आज बिहान बसेको गठबन्धनका बैठकबाट बाहरिएलगतै अध्यक्ष नेपालले पदाधिकारी बैठक बोलाएर छलफल सुरु गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक जारी रहेको एक केन्द्रीय सदस्यले बताए । बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् ।

माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने सम्भावना देखिएको छ ।

 

प्रतिक्रिया